नेपाल टेलिकम बागमती सफाइमा सहभागी, विभिन्न सामग्रीसमेत हस्तान्तरण

कठमाडौं । नेपाल टेलिकमले आफ्नो १४औं वार्षिकोत्सवको उपलक्ष्यमा २४७ औँ हप्ताको बागमती सफाइ महाअभियानमा सहभागी भएको जनाएको छ । सो अवसरमा कम्पनीले बागमती सफाइ महाअभियानमा प्रयोग हुने विभिन्न सामग्रीसमेत सम्बन्धित निकायलाई उपलब्ध गराएको कुरा कम्पनी द्वारा जारी विज्ञप्तिमा उल्लेख गरेको छ। ।

उक्त अवसरमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष नरेन्द्र राज बस्नेतलाई बागमती सफाइ कार्यमा प्रयोग हुने विभिन्न सामग्रीहरु हस्तान्तरण गर्नुभयो । सफाइ अभियानमा नियमित संलग्न हुने अभियन्ताहरुका लागि १ सय जोर ट्रयाक सुट, ३ सय जोर गमबुट, ३ सय जोर ठूलो पञ्जा, ५० वटा फलामे सुइरो, ५० वटा थुन्से र ५ सय वटा भन्दा बढी मास्क हस्तान्तरण गरिएको थियो ।

उक्त अवसरमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले बागमतीका साथै नेपालका सम्पूर्ण नदीहरु सफा गर्नुपर्ने आवश्यकतामा जोड दिदै यस्ता कार्यमा कम्पनीले सधै सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । उहाँले फोहोरको स्रोत नै बन्द गर्नु राम्रो भएकाले यसतर्फ ध्यान दिन पनि सबैलाई आग्रह गर्नुभयो ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष नरेन्द्र राज बस्नेतले नेपाल टेलिकमले विगत देखि नै बागमती सफाइमा पु¥याउदै आएको योगदानको प्रशंसा गर्दै कम्पनीको प्रगतिको कामना गर्नुभयो ।
नेपाल टेलिकमले बागमती सफाइ अभियान शुरु भएको दोस्रो हप्ता देखि नै हरेक हप्ता समूहगत रुपमा आप्mना ग्राहकहरुलाई सफाइ अभियानमा संलग्न हुन कम्पनीको तर्फबाट एसएमएस पे्रषित गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्