कोरोनाबाट थप २ जना संक्रमितको मृत्यु, काठमाडौंमा उपत्यकामा थपिए ६४७ संक्रमित

काठमाडौं , असोज ६ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट आज थप दुई जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो ।हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२९ पुगेको छ । हिजो सोमबार कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएको थियो ।

यसैबीच पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६४७ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ५११, भक्तपुरमा ६३ र ललितपुरमा ७३ कोरोना संक्रमित थपिएका छन् ।जसअनुसार काठमाडौंमा १७३ महिला र ३३८ पुरुष, भक्तपुरमा २२ महिला र ४१ पुरुष, ललितपुरमा २७ महिला र ४६ पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

सोमबार काठमाडौंमा ५३८, भक्तपुरमा ७४ र ललितपुरमा ६२ गरी उपत्यकामा ६७४ कोरोना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस्