भारतीय पक्षद्वारा दशगजा अतिक्रमण ! रोकथामका लागि प्रभावकारी कदम चाल्न सरकारसँग माग

काठमाडौं । । सर्वोच्च अदालतले नेपाली भूभाग मिचिनुको कारण पेस गर्न सरकारको नाममा आदेश जारी गरेको बेला झापाको दक्षिणी सीमावर्ती नाका जोडिएको दशगजा क्षेत्रसमेत भारतीय पक्षले मिच्न थालेको छ ।

कालोपत्रे सडक तथा भौतिक संरचना निर्माण गरी भारतीय पक्षले एकलौटी रूपमा नेपाल–भारतको दशगजा क्षेत्र मिच्न थालेको हो ।

नेपाल र भारत सीमासम्बन्धी अन्तर्रा्ष्ट्रिय कानुन तथा दुई देशबीच भएका सम्झौताअनुसार दशजगा क्षेत्रमा भौतिक संरचना निर्माण गर्न, बसोवास गर्न नपाइने उल्लेख छ। तर झापाको कचनकवल गाउँपालिका– १ को पिण्डलबारी र भारतको विहार राज्यस्थित किशनगञ्ज जिल्लाको धन्तोला ग्राम पञ्चायत सीमा क्षेत्रमा पर्ने १२७ नम्बर पिलरदेखि १२९ नम्बरसम्मको दशजगा क्षेत्रमा भारतीय पक्षले अहिले धमाधम कालोपत्रे सडक निर्माण गरिरहेको छ । बलपूर्वक भारतीय पक्षले दशगजा क्षेत्र मिच्न थालेपछि दक्षिणी झापावासीले त्यसको विरोध गर्न थालेका छन् ।

सरकारले दशजगा क्षेत्रमा भएको मिचाइ रोकथामका लागि प्रभावकारी कदम चाल्न स्थानीयले माग गरेका छन् ।

भारतीय पक्षले दशजगा क्षेत्रमा सडक निर्माण गरिरहेको थाहा पाएपछि स्थलगत निरीक्षण गरी सम्बन्धित निकायमा जानकारी गराएको इलाका प्रहरी कार्यालय राजगढका प्रहरी नायव निरीक्षक नेत्रविक्रम रानाले बताए ।

प्रतिक्रिया दिनुहोस्