काठमाडौं उपत्यकामा थपिए ७६७ संक्रमित, कोरोनाबाट थप १० जनाको मृत्यु

काठमाडौं, असोज ४ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७६७ कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ६०२ , भक्तपुरमा १०१ र ललितपुरमा ६४ कोरोना संक्रमित थपिएका छन् ।

जसअनुसार काठमाडौंमा २३० महिला र ३७२ पुरुष, भक्तपुरमा ४१ महिला र ६० पुरुष, ललितपुरमा ३४ महिला र ३० पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

शनिबार काठमाडौंमा पाँच सय ७०, ललितपुरमा ५८ र भक्तपुरमा ८३ जना गरी ७११ कोरोना संक्रमित देखिएका थिए । यसैबीच कोरोना भाइरसको संक्रमणबाट आज नोपलमा थप १० जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १० जना कोरोना संक्रमितको मृत्यु भएको हो ।कोरोना संक्रमणबाट शनिबार देशभर ११ जनाको मृत्यु भएको थियो ।हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४११ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्