थप १३ सय २५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६४ हाजर १२२ पुग्यो

काठमाडौं, असोज ४ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३२५ जना कोरोना पुष्टि भएको छ ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गोतमले देशभरमा २४ घण्टामा थप १ हजार ३२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६४ हाजर १२२ पुगेको छ । यसैगरि आज देशभरमा सक्रिय संक्रमितको संख्या १७ हजार ४७८ रहेको छ। त्यस्तै संस्थागत आइसोलेसनमा ९ हजार ७१ जना रहेका छन्।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ९ हाजर ५८४ पीसीआर परीक्षण भएसँगै जम्मा पीसीआर परीक्षणको संख्या ९ लाख १४ हजार २९० पुगेको छ।

पछिल्ले २४ घण्टामा ९६६ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै नेपालमा कोरोना निको हुनेको संख्या ४६ हजार २३३ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्