नेपालमा आइ. सि.यु र भेन्टिलेटरमा कोरोनाका बिरामी कति छन् ?

काठमाडौं, ३ असोज । नेपालमा पछिल्लो समय कोरोनाका बिरामी बढिरहेका छन् । आज मात्रै थप १ हजार २०४ जना कोरोना संक्रमित थपिएका छन् भने ११ जनाको मृत्यु भएको छ ।

थप ११ जनाको कोरोनाका कारण ज्यान गएसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४०१ पुगेको मन्त्रालयले जनाएको छ ।

यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा। जागेश्‍वर गौतमले दिएको जानकारीका अनुसार शनिबारसम्म ७ हजार ७३५ जना क्‍वारेन्टाइनमा रहेका छन् भने १७ हजार १२९ जना आइसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा १० हजार ३३३ नमूनाको पिसीआर विधिबाट परीक्षण भएको छ भने आजसम्म कुल ९ लाख ४ हजार ७०६ नमूनाको पिसीआर परीक्षण सम्पन्‍न भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्