प्रदेशका भीआईपीलाई झण्डा अनिवार्य

काठममाडौं । सरकारले राष्ट्रिय झण्डा प्रयोगसम्बन्धी कार्यविधि २०६९ लाई संशोधन गर्दैै प्रदेश प्रमुख, सभामुख, उपसभामुख, मुख्यमन्त्री, मन्त्रीलगायतका लागि झण्डा प्रयोगको मापदण्ड तोकेको हो ।

संघीय संरचनाअनुसार निर्माण भएका र हुने केन्द्रीय, प्रादेशिक र स्थानीय तहका कार्यालय तथा संघ र प्रदेशका भीआईपीले प्रयोग गर्ने झण्डासम्बन्धी नियम बनाइएको छ । गृहमन्त्रालयका अनुसार प्रदेशका कार्यालय तथा प्रदेशका भीआईपी पदाधिकारीले प्रदेशको आफ्नै पहिचान झल्कने खालको झण्डा प्रयोग गर्न सक्नेछन् । तर यसरी प्रदेशको पहिचान झल्कने झण्डा प्रयोग गर्दा सँगसँगै नेपालको राष्ट्रिय झण्डालाई पनि अनिवार्य प्रयोगमा ल्याउनु पर्नेछ । –अन्नपूर्ण पोस्ट दैनिकबाट

प्रतिक्रिया दिनुहोस्