काठमाडौं उपत्यकामा थपिए ६१८ संक्रमित, कुन जिल्लामा कति ?

काठमाडौं, असोज १ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५०७, ललितपुरमा ६१ र भक्तपुरमा ५० जना गरी जम्मा ६१८ जना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै काठमाडौँमा ५०७ जनामा कोरोना पुष्टि भएको हो। त्यस्तै चितवनमा १०१, मोरङमा ९४, मकवानपुरमा ६३, ललितपुरमा ६१, सुनसरीमा ५४ र भक्तपुरमा ५० जनामा संक्रमण पुष्टि भएको छ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १२४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ५९ हजार ५७३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्