दुई महिनामा पाँचपटक बढ्याे पेट्राेलियम पदार्थकाे मूल्य

काठमाडाैँ – प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनयता अायल निगमले प्रत्येक १५ दिनमा पेट्राेलियम पदार्थकाे मूल्य बृद्धि गरिरहेकाे छ । निगमले गरिरहेकाे मूल्य वृद्धि राेक्न सरकारले पनि चासाे देखाएकाे छैन ।

यही वेला अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलकाे मूल्य पनि सामान्य दरले वृद्धि हुँदा निगमले स्वचालित मूल्य प्रणाली लागू गर्दै मूल्य बढाएकाे दाबी गरिरहेकाे छ ।

निर्वाचयनयताकाे करिब दुई महिनामा निगमले ५ पटक मूल्य बढाइसकेकाे छ । निर्वाचनअघि मूल्य वृद्धि गर्दा प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल फिर्ता गर्न लगाएका थिए । तर, निर्वाचनपछि अापूर्तिमन्त्री जयन्त चन्दकाे स्वीकृति लिएर निगम व्यवस्थापनले मूल्य वृद्धि गरिरहँदा प्रधानमन्त्री देउवाले चासाे दिएका छैनन् ।

निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले भारतीय अायल कर्पाेरेसन (अाइअाेसी) बाट मूल्य बढेर अाएका कारणा नेपाली बजारमा समेत इन्धनकाे भाउ वृद्धि गर्नुपरेकाे बताए ।

प्रतिक्रिया दिनुहोस्