संसदीय दलको नेतामा देउवाको आकांक्षा !

काठमाडाैं – वाम गठबन्धनको नेतृत्वमा सरकार गठन गर्ने तयारी भइरहेको बेला सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने लगभग निश्चित गरिसकेको नेपाली कांग्रेसभित्र संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवाले नै आकांक्षा देखाएका छन् ।

संसदीय व्यवस्थामा प्रमुख प्रतिपक्ष दलको नेताको भूमिका महत्वपूर्ण हुने गर्छ । हालै सम्पन्न निर्वाचनमा प्रतिनिधिसभातर्फ कांग्रेसको ६३ जना सांसद रहनेछन् । निर्वाचनमा कांग्रेसले प्रतक्ष्यतर्फ २३ र समानुपातिकतर्फ ४० सिट पाएको हो ।

कांग्रेस संसदीय दलको नेता बन्न आफ्नो कुल सांसदको ५० प्रतिशतभन्दा बढी मत चाहिन्छ ।

प्रतिक्रिया दिनुहोस्