पछिल्लो २४ घण्टामा कोरोनाबाट ९ जनाको मृत्यु, काठमाडौँ उपत्यकामा थपिए ५९७ संक्रमित
काठमाडौं, भदौ २८ । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३४५ पुगेको छ ।
यसअघि हिजो ९शनिबार० १४ जनाको कोरोनाका कारण ज्यान गएको थियो ।यसैबीच काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ५९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार उपत्यकाका तीन जिल्लामा थप ५९७ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए।
मन्त्रालयका अनुसार उपत्यकका काठमाडौंमा ४८३, भक्तपुरमा ८१ र ललितपुरमा ३३ जनाका कोरोना संक्रमण पुष्टि भएको हो।काठमाडौँ उपत्यकामा शनिबार ४३१ जनामा कोरोना पुष्टि भएको थियो।















प्रतिक्रिया दिनुहोस्