नेपाल व्यापार संघको बनभोज तथा साँस्कृतिक कार्यक्रम

काठमाडौं । गत मंसिर २७ गते साधाराण सभा सम्पन्न गरेको नेपाल व्यापार संघले यहि माघ १३ गते बनभोज तथा लोक दोहारी साँस्कृतिक कार्यक्रम समेत भव्य रुपमा सम्पन्न गरेको छ ।
संघका अध्यक्ष कुमार कार्कीको सभापतित्वमा सम्पन्न भएको बनभोज कार्यक्रममा नेपाली साँस्कृतिक क्षेत्रका चर्चित गायक÷गायिका तथा कलाकारहरुको प्रस्तुती दिएका थिए । कार्यक्रममा विभिन्न व्यवसायसंग आवद्ध संघ÷सस्ंथाको पदाधिकारीहरुको समेत उपस्थिति थियो ।
उक्त कार्यक्रमा नेपाल व्यापार संघका उपाध्यक्ष हरि गौतमले सधैं एउटै तालिकामा चल्ने व्यवसायीलाई एक दिन भए पनि मनोरञ्जन दिने उद्वेश्यले बनभोज तथा लोक दोहारी साँस्कृतिक कार्यक्रम आयोजना गरिएको बताउनु भएकोछ ।
कार्यक्रममा उपाध्यक्ष गौतमले यस किसिमको कार्यक्रमले व्यवसायीहरुमा पुनर ताजगी पन आउनुका साथै व्यवसायीबिचमा सद्भाव पैदा हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले न्यून बिजकीकरणले गर्दा व्यवसायीहरुले भोग्नु परेका विभिन्न समस्याहरुमा राज्यको ध्यान जानु जरुरी रहेका बताउँदै उहाँले साच्चै नै व्यवसायीको समस्याको समाधान गर्नको लागि वस्तविक मुल्यांक बढाउनु पर्ने र भन्सार दर घटाउनु पर्ने उहाँको तर्कछ । यसले गर्दा राज्यले पनि बढि भन्दा बढि राजस्व संकलन गर्न सक्ने र व्यापारीहरुले गलत बाटो अपनाउनु नपर्ने भएकाले दुबै पक्षको विन विन अवस्था हुने बताउनुभयो ।
राज्यले दोहोरो घर भाडा कर लिने अन्य कुनै पनि मुलुकमा नभएको उहाँको दावीछ । त्यसैले एकद्वार कर प्रणाली लागू गर्नु आजको टड्कारो आवश्यकता रहको उहाँको तर्कछ । उहाँले व्यवसायीले तिरेको करको उच्च मुल्यांकन गर्दै राज्यले सामाजीक सुरक्षा लगायत विशेष सुविधाको व्यवस्थाको गर्नु पर्ने बताउनु भयो ।
चाइना व्यापारको आयातमा गाडि धनी, भन्सार क्लियरिङ्ग एजेण्ट रसुवा बासी नै हुनु र आफ्नो सामान आफै छुटाउनु नपाउनु कत्तिको जायज कुरो हो उहाँले प्रश्न गर्नुभयो,‘ सिण्डिकेटको ठूलो समस्या रहेको छ । यस किसिको सिण्डिकेटको तत्काल अत्य हुनु पर्छ । अन्यत्र यसले विकराल समस्या खडा गर्नेछ ।’ उहाँले अर्थ मन्त्रालय अन्तर्गतको भन्सार अधिकृतले एउटा मुल्य निधारण गरि भन्सार क्लियर गरेको सामानमा राज्यकै अर्काे निकाय राजस्व अनुसन्धान विभागले पुनः जाँचबुझ गर्ने बहानामा दुःख दिनु, चाडको वेलामा सुनियोजित र छापामार शैलीमा आतंकित हुने गरि गरिएको अनुगमन हामी व्यवसायीलाई शैय नहुने कुरामा जोड दिनुभयो ।
उहाँले घर बहाल कर, मुल्यांकन, व्यवसाय सञ्चालको लागि सुरक्षा सार्वजनीक सौचालय, पार्किङ्ग आदिको राज्यले व्यवस्था गर्नुपर्ने कुरा उल्लेख गर्नुभयो ।
संघले शितहर पीडिहरुलाई गौरको रौतहत राजदेवि नगरपालीकामा करिब १५ लाख बराबरको राहत सामाग्री वितरण एवं २८ वर्षको अन्तरालमा थुपै्र आरोह अवरोमा सहयोग गर्दै आएको बताउनुभयो । संघमा ८ सय व्यवसायी आवद्ध छन् ।

 

प्रतिक्रिया दिनुहोस्