सूर्या लाइफ र कुमारी बैंकबीच सम्झौता

काडमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र कुमारी बैंक लिमिटेडबीच बैंकाइन्स्योरेन्स सम्झौता भएको छ । बिहीबार विशेष कार्यक्रममा बीच सूर्या र कुमारीबिच बैंकाइन्स्योरेन्स सम्झौता भएको हो ।
सम्झौता अनुसार कुमारी बैंक लिमिटेडको कर्पोरेट अफिस र सम्पूर्ण शाखा कार्यालयहरुबाट सूर्या लाईफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा योजना बमोजिमका विभिन्न पोलिसीहरु बिक्री गरिने छ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे र कुमारी बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

प्रतिक्रिया दिनुहोस्