सुनचाँदीको मूल्य घट्यो , यस्तो छ आजको बजार मूल्य

काठमाडौं , भदौ २६ । साताको अन्तिम दिन आज नेपालमा सुनचाँदीको मूल्य तीन सय रुपैयाँले घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार सुन तोलामा तीन सय रुपैयाँ घटेर प्रतितोला ९६ हजार ५ सय कायम भएको हो ।

बिहीवार सुन प्रतितोला ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजावी सुनको मूल्य ९६ हजारमा कारोबार भइरहेको जनाइएको छ ।

चाँदीको मूल्यमा पनि १५ रुपैयाँ घटेको छ । महासंघका अनुसार आज प्रतितोला एक हजार तीन सय १० रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्