यी चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना, कुन ठाउँमा कस्तो ?
काठमाडौं , भदौ २६ । जल तथा मौसम विज्ञान विभागले आज (शुक्रबार) दिउँसो देशभर सामान्यतयादेखि पूर्ण बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
विभागका अनुसार प्रदेश १, प्रदेश २, वागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।यस्तै आज राति देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रदेश १, वागमती प्रदेश र प्रदेश ५ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।विभागले भारी वर्षाको सम्भावना रहेका क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू(क्षय हुने, पहिरो जाने, ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान हुनसक्ने भएकाले आवश्यक सतर्क हुन भनेको छ ।
प्रतिक्रिया दिनुहोस्