नेपाली सेना भू.पू. सैनिक सम्मेलन सम्पन्न

काठमाडौं । मध्य पृतना हे.क्वा. अन्तर्गतको दोलखा, रामेछाप र सिन्धुली जिल्लाका भु.पू. सैनिक तथा निवृत्तभरणमा रहेका परिवारजनको लागि सिन्धुली जिल्लाको ठुलीटार व्यारेकमा सञ्चालन भएको नेपाली सेना भूतपूर्व सैनिक सम्मेलन–२०७४ सम्पन्न भएको छ ।

नेपाली सेनाका प्रधान सेनापति राजेन्द्र क्षत्रीको प्रमुख आतिथ्यमा आज भएको नेपाली सेनाको व्यवस्थापन तथा नेपाली सेना कल्याणकारी बोर्डको संयोजकत्वमा सञ्चालन भएको सो सम्मेलनमा मध्य पृतना अन्र्तगतको दोलखा, रामेछाप र सिन्धुली जिल्लाका करिव २३०५ जना भूतपूर्व सैनिक तथा निबृत्तभरणमा रहेका परिवारजनहरुको उपस्थिति रहेको थियो ।
त्यसैगरि, उक्त सम्मेलनको क्रममा मिति २०७४ माघ ११ गतेबाट १७ गतेसम्म सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा भूतपूर्व, वहालवाला सैनिक तथा तीनका परिवार र गैर सैनिक व्यक्तिहरु समेत गरी करिव २००९ जनालाई स्वास्थ्य परिक्षण तथा निःशुल्क औषधी समेत वितरण गरिएको थियो ।

सम्मेलनको दौरान नेपाली सेना कल्याणकारी बोर्ड र नेपाल ईन्भेष्टमेण्ट बैंकको सहकार्यमा सञ्चालित लघु वित्त कार्यक्रमका ऋणीहरुलाई चेक हस्तान्तरण तथा सर्वाेकृष्ट व्यवसायीहरुलाई पं्रशसा पत्र एवम् पुरस्कार वितरण भएको थियो भने अशक्त भूतपूर्व सैनिक, वहाँहरुका अशक्त परिवारहरुलाई व्हिल चियर वितरण तथा उल्लेखित ३ जिल्ला भित्रका ज्येष्ठ भूतपूर्व सैनिक र निवृत्तिभरणमा रहेका भूतपूर्व सैनिकको परिवार मध्येको ज्येष्ठ महिलालाई अभिनन्दन समेत गरिएको थियो ।

सम्मेलनकै क्रममा मध्य पृतना हे.क्वा. अन्तर्गतका युनिटहरुले स्थान बिशेषको झाँकी, खुकुरी नृत्य, तेक्वान्दो तथा मास पि.टी. प्रदर्शन गर्नुको साथै नेपाली सेनाको सैनिक व्याण्डले आफ्नो कला समेत प्रदर्शन गरेको थियो । साथै भूतपूर्व सैनिकहरुबाट मार्चपास्ट तथा पारिवारिक निवित्तिभरणमा रहनु भएका महिलाहरुले प्लेकार्ड सहितको लङ्गमार्च प्रदर्शन गर्नुभएको थियो ।

प्रधानसेनापति क्षत्रीले सम्मेलनलाई सम्बोधन गर्ने क्रममा नेपाली सेनामा कार्यरत रही राष्ट्र हितको रक्षार्थ वीरगती प्राप्त गरेका सकलदर्जाको आत्माको चिरशान्तिको कामना गर्नुहुँदै कर्तव्य पालनाको सिलसिलामा घाईते, अशक्त तथा बिरामी भई उपचार गराई रहेका सकलदर्जाको शीघ्र तथा पूर्ण स्वास्थ्य लाभको कामना गर्नुभएको थियो ।

सम्बोधन कै क्रममा वहाँले राज्य संकटमा पर्दा सेनाले बगाएको रगत पसिनाको कारण देशको राष्ट्रिय अखण्डता कायम रहेको र देशलाई संकट परेको बखतमा भुतपूर्व सैनिकहरुले पु¥याएको योगदानलाई देशको ईतिहासमा सुनौलो अक्षरमा लेखिएको बताउनु हुँदै समयकालमा भूतपूर्व सैनिकहरुको सेवाको आवश्यकता पुनः खट्किएको अवस्थामा राष्ट्रको माग अनुसार राष्ट्र सेवाको लागि भूतपूर्व सैनिकहरु सदैव तयार हुने कुरामा आफु विश्वास रहेको बताउनु भयो । साथै नेपाली जनताले गरेको सेना माथीको अगाध विश्वास, आस्था र भरोसा नै नेपाली सेनाको लागि हौसला र उर्जाको स्रोतहरु भएको समेत बताउनु भएको थियो ।

सोही क्रममा प्रधान सेनापति श्री क्षत्रीले सैनिक कल्याणकारी कोषको सम्बन्धमा जानकारी दिनु हुँदै उपलव्ध स्रोत साधनको परिधि भित्र रही हिताधिकारीहरुको हित र कल्याणको लागि अधिकतम सङ्ख्यामा बहालवाला, अवकाश प्राप्त तथा आश्रित परिवारका सदस्यहरुलाई सहयोग तथा सुविधा प्रदान गर्ने सम्बन्धमा थप चिन्तन र अध्ययनका अतिरिक्त कल्याणकारी सेवा सुविधाहरुमा अभिवृद्धि गरिनुको साथसाथै कल्याणकारी कार्यक्रमहरुलाई विकेन्द्रित गर्दै हिताधिकारीहरुको घरदैलोसम्म पु¥याउन ठोस कदमहरु चालिएको बताउनु भयो ।

साथै, वहाँले प्राप्त सुझावहरुलाई मध्य नजरमा राखि ‘शिक्षा, स्वास्थ्य र स्वःरोजगार’ भन्ने मुल भावलाई केन्द्रविन्दु मानी कल्याणकारी कार्यहरु अघि बढी रहेको बताउनु भयो । मन्तव्य कै क्रममा भुतपूर्व सैनिक सम्मेलन आयोजना गर्नको लागि सहयोग गर्नु हुने सम्पूर्ण सैनिक एवं गैर सैनिक व्यक्तिहरु लगायत सङ्घ सस्थाहरुलाई धन्यवाद ज्ञापन समेत गर्नुभएको थियो ।

उक्त कार्यक्रममा बोर्डका कार्यकारी अधिकृत रथी चित्र बहादुर गुरुङ्ग (अ.प्रा.) ले स्वागत मन्तव्य राख्नु भएको थियो भने भूतपूर्व सैनिकहरुको तर्फबाट रथी शान्त कुमार मल्ल (अ.प्रा.) ले धन्यवाद मन्तव्य राख्नु भएको थियो । त्यसैगरी वलाधिकृत रथी पूर्णचन्द्र थापाले समापन मन्तव्य राख्नु भई सम्मेलनको समापन गर्नु भएको थियो ।

कार्यक्रम पश्चात प्रधान सेनापति क्षत्रीले सम्मेलनमा सहभागीहरुसँग भेटघाट गर्नुका साथै जिल्ला, प्रदेश तथा एकल महिलाको प्रतिनिधित्व हुने गरी सम्मलेनमा सहभागी हुनुभएकाहरुसँग सामुहिक छलफल तथा अन्तक्रिया समेत गर्नु भएको थियो ।

उक्त सम्मेलनमा नेपाली सेनाका रथिवृन्द, कल्याणकारी बोर्ड तथा अन्य सरकारी एवं गैर सरकारी कार्यालय÷सङ्घ संस्थाका पदाधिकारीहरु, सञ्चारकर्मी लगायत नेपाली सेनाको बहालवाला एवं अवकाश प्राप्त सैनिक तथा परिवारजनहरुको समेत उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्