कोटेश्वर व्यवसायी संघद्वारा मृगौला पीडितलाई सहयोग हस्तान्तरण

काठमाडौं । कोटेश्वर व्यवसायी संघले मृगौला पीडित श्यामलाल नकर्मीलाई रु १ लाख १४ हजार ६ सय ३५ को सहयोग स्वरुप चेक हस्तान्तरण गरेको छ ।
आज संघको कार्यालयमा एक समारोहकाबिच संघमा आवद्ध भएका व्यवसायी श्यामलाल नकर्मीलाई संघका अध्यक्ष सरोज कुमार थापाले उक्त रकम हस्तान्तरण गरेका हुन् ।
२०६३ सालमा स्थापना भएको संघले विभिन्न सामाजिक कार्यमा सहभागितामा जनाउँदै आएको छ । संघले आफ्ना व्यवसायी श्यामलाल नकर्मी बचाउ अभियान संचालन गर्दै उक्त रकम संकलन गरि हस्तान्तरण गरिएको संघका अध्यक्ष थापाले बताए । अध्यक्ष थापाले हस्तान्तरण गरिएको उक्त रकमले पिडित नकर्मीले नयाँ जीबन प्राप्तीको लागि केहि राहत पुग्ने आशा व्यक्त गरे । अध्यक्ष थापाले प्रत्येक व्यवसायीको सानो सानो सहयोगले पडितलाई ठुलो राहत हुने बताए ।
पिडित श्यामलाल नकर्मी बिगत १० बर्ष देखि दुबै मृगौलाले खराब भएको र उपचारको क्रममा सबै जायजेथा बेचबिखन गरिसकेको पारिवारीक स्रोतले जनाएको छ । संघद्वारा हस्तान्तरित रकम बुझ्दै पिडित नकर्मीले संघप्रति आभार व्यक्त गरे । यस्ता किसिमका सहयोगले आफ्नो उपचारमा थप सहयोग हुने भएकोले अन्य संघसंस्थाहरुलाई पनि आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्