काठमाडौं उपत्यकामा थपिए ४६४ संक्रमित , संक्रमितको संख्या ९ हजार नाघ्यो

काठमाडौं, भदौ २४ । काठमाडौं उपत्यकाका तीन जिल्लामा बुधबार थप चार सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

उपत्यकाको काठमाडौं जिल्लामा तीन सय ९४ जना, ललितपुर जिल्लामा ३४ जना र भक्तपुर जिल्लामा ३६ जनामा संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मंगलबार उपत्यकामा ३ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसमध्ये काठमाण्डुमा ३००, ललितपुरमा ३८ र भक्तपुरमा ५८ जना रहेका थिए ।

हालसम्म काठमाण्डु उपत्यकामा कोरोना संक्रमितको संख्या ९ हजार ४ सय ४० रहेको छ ।

आज देशभरमा एक हजार ८१ जना नयाँ संक्रमित थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस्