प्रिमियर इन्स्योरेन्सको एफपीओ बाँडफाँड

काठमाडौं । प्रिमियर इन्स्योरेन्सले सर्वसाधारणमा बिक्रि खुला गरेको एफपीओ बाँडफाँड भएको छ । निष्काशन तथा बिक्रि प्रबन्धक एनएमबि क्यापिटलले बिहिबार ९ बजे प्रिमियर इन्स्योरेन्सको मुख्य कार्यालय नक्सालमा एफपिओ बाँडफाँड गरेको हो ।

एफपिओमा कुल १ लाख ८९ हजार ३ सय २१ आवेदन परेकोमा २ हजार ८ सय ४६ आवेदन रद्द भएका थिए । १ लाख ८६ हजार हजार ४ सय ७५ योग्य आवेदक मध्ये गोलाप्रथाबाट ६५ हजार ९ सय ५१ जनाले समान १० कित्ता र ५ जनाले ११ कित्ता शेयर पाएका छन् ।
प्रिमियर इन्स्योरेन्सले पुस १६ गतेदेखि पुस १९ गतेसम्म बिक्रि खुला गरेको ६ लाख ५९ हजार कित्ता एफपीओको लागि आवेदन खुला गरेको थियो ।

इन्स्योरेन्सले प्रति कित्ता एक सय रुपैयाँ अंकित मुल्यमा ६९९ रुपैयाँ प्रिमियम थप गरि प्रति कित्ता ७९९ का दरले ६ लाख ५९ हजार ५६५ कित्ता सेयर बिक्रि गरेको हो ।

प्रतिक्रिया दिनुहोस्