यसरी बधाई दियो चीनले भारतका नयाँ विदेश सचिव गोखलेलाई ,

बेइजिङ – भारतको विदेश सचिवमा विजय केशव गोखले नियुक्त भएकामा चीनको विदेश मन्त्रालयले बधाई दिएको छ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयीङले बुधबार भने,’गोखले विदेश सचिवमा नियुक्त हुनुभएकोमा उहाँलाई बधाई ज्ञापन गर्न चाहन्छौं।’

उनले आगामी दिनमा भारत र चीनको आपसी सम्बन्धमा सुधार अाउने विश्वास व्यक्त गरे। ‘शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तलाई आत्मसाथ गर्दै राजनीतिक तहबाट समेत विश्वास बलियो बन्नेछ।,’ उनले भने।

गोखले चीनका लागि भारतका पूर्व राजदूतसमेत भएकाले चिनियाँ भाषामा दख्खल राख्नछन्। उनी गत सोमबार भारतको विदेश मन्त्रालयको सचिवमा नियुक्त भएका थिए। रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्