राष्ट्रपति र प्रधानमन्त्रीसँग भारतीय विदेशमन्त्रीको भेट भोलिमात्रै

काठमाडौ । दुईदिने नेपाल भ्रमणका लागि आज आउन लागेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवालाई भोलिमात्रै भेट्ने भएकी छिन्।

राष्ट्रपतिसँग स्वराजको भेट शुक्रबार अपराह्न १२ बजेका लागि तय भएको छ। त्यसपछि पौने १ बजे उनले प्रधानमन्त्री देउवालाई भेट्नेछिन्। दुवै पक्षबीच आपसी हितका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।

विदेशमन्त्री स्वराज आज अपराह्न ३ बजे काठमाडौंमा उत्रँदै छिन्।

वाम गठबन्धनको सरकार बन्न लागेको अवस्थामा स्वराजको आगमनलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्