कोरोनाबाट मृत्यु हुनेको संख्या ३०० पुग्यो, आज मात्रै थप ११ को मृत्यु

काठमाडौं, भदौ २२ । नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३०० पुगेको छ ।

मन्त्रालयका अनुसार यसअघि आइतबार हिजो ७ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्