संघिय व्यवस्था कार्यान्वयन अझै चुनौतीपूर्णः सचिव थपलिया

काठमाडौं । संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयका सचिव दिनेश कुमार थपलियाले मुलुक संघियतामा भर्खरै बामे सर्ने क्रममा रहेकोले कार्यान्वयन अझै चुनौतीपूर्ण भएको बताएका छन् । उनले संघिय संरचना सैद्धान्तिक÷प्राविधिक केहि निति नियमहरु अझै निर्माण कै क्रममा रहेको खुलासा गरे ।
रुपाकोट मझुवागढी नगरपालिका दिक्तेलले आज काठमाडौंमा आयोजना गरेको आवधिक नगर विकास योजना तयारी तथा परामर्श सम्बन्धी गोष्ठी कार्यक्रममा बोल्दै सचिव थपलियाले संघिय व्यवस्था अझ जटिल र चुनौतिपूर्ण भएकाले सबैको राय सुझावलाई समेटेर अगाडी बढ्नुपर्ने बताए । उनले सबै भन्दा पहिला के कार्य गर्ने त्यसको योजना बनाउन आवश्यक रहेको र त्यसको निर्धारित समय समेत तोक्नु पर्ने कुरा औंल्याए । उनले भने “केन्द्रमा रहेको अधिकार गाउँ सम्म पुगेको छ, यसलाइ कसरी सदुपयोग गर्ने र जनमुखी कार्य गर्ने नगर्ने त्यो सबै जिम्मेवारी स्थानिय पदाधिकारीको हो ।” उनले स्थानिय पदाधिकारीहरुलाइ नै जिम्मेवार भएर काम गर्न आग्रह गरे ।
सचिव थपलियाले स्थानिय निकायको विकासको निमित्त त्यहाकै स्रोत र साधनलाइ अधिकतम उपयोग गरि आर्थिक विकासमा लाग्नु पर्ने बताए । मुलुकलाइ आर्थिक सम्वृद्धी तर्फ लम्कन कृषि, पर्यटन, सुरक्षित आवास, पूर्वाधारको विकासमा जोड दिनुपर्ने बताए । सडक, खानेपानी, स्वास्थ्य, शिक्षा जस्ता आधारभुत आवश्यकता पुरा गर्न स्थानिय निकायको विकासको निमित्त पदाधिकारीहरु नै जवाफदेहीता हुनपर्ने बताए । उनले भु–उपयोग नीति अत्यावश्यक रहेको बताउँदै सो नीति चाँडो भन्दा चाँडो ल्याउने गृहकार्य भइरहेको खुलासा गरे ।
कार्यक्रममा रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिप नारायण रिजालले रुपाकोट मझुवागढी नगरपालिकालाई देशकै पहिलो नमुना नगरपालिका बनाउने योजनाका साथ आफू अगाडी बढेको बताए । उनले नगरपालिकामा प्रविधियुक्त सेवा, सडक, खानेपानी, स्वास्थ्य, शिक्षा जस्ता आधारभुत आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
मेयर रिजालले सामाजिक सुरक्षा भत्तामा वितरणमा हुने गरेको अनियमिततालाई रोकि यसको एकिन तथ्यांक संकलन गरेर वित्तिय संस्था मार्फत घरदैलोमा पु¥याउने अभियानमा आफू लागेको बताए ।
कार्यक्रममा सांसद बिशाल भट्टराई, पूर्व सभासदहरु उषाकला राई, टंक रार्ई र अर्जुन राई, रुपाकोट मझुवागढी नगरपालिका उप–मेयर विनादेवी राई लगायत जिल्लाका प्रतिष्ठित व्यक्तिहरुको उपस्थित रहेको थियो । कार्यक्रम ५ नं. वडाका वडा अध्यक्ष निर्मल राईले संचालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्