अमेरिकापछि विश्वमै सबैभन्दा बढी संक्रमित भारतमा, यस्तो छ पछिल्लो (अपडेट)
काठमाडौं, भदौ २२ । अमेरिकापछि विश्वमै सबैभन्दा बढी कोरोना संक्रमित भारतमा देखिएको छ।ब्राजिलमा भन्दा पनि संक्रमितको संख्या धेरै भएपछि भारत विश्वमै दोस्रो कोरोनापीडित देश बनेको हो।
आज ९सोमबार० बिहान सवा ९ बजेसम्म वर्ल्डओमिटरको तथ्यांकअनुसार अमेरिकामा संसारमै सबैभन्दा बढी ६४ लाख ६० हजार २ सय ५० जनालाई कोरोना संक्रमण भएको छ।
दोस्रोमा भारतमा संक्रमितको संख्या ४२ लाख २ हजार ५ सय ६२ छ। यसपछि ब्राजिलमा ४१ लख ३७ हजार ६ सय ६ जनालाई कोरोना संक्रमण भइसकेको छ।
कोरोना संक्रमणका कारण भएको मृत्युको संख्या भने अहिलेसम्म भारतमा भन्दा बढी ब्राजिलमा देखिएको छ। वर्ल्डओमिटरका अनुसार ब्राजिलमा अहिलेसम्म कोरोनाबाट १ लाख २६ हजार ६ सय ८६ जनाको मृत्यु भएको छ भने भारतमा मृतकको संख्या ७१ हजार ६ सय ८७ छ।
विश्वमै सबैभन्दा बढी मृत्युचाहिँ अमेरिकामा भएको छ। त्यहाँ अहिलेसम्म १ लाख ९३ हजार २ सय ५० जनाको मृत्यु भइसकेको छ।
प्रतिक्रिया दिनुहोस्