कोरोनाबाट आज थप ९ जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या २८९ पुग्यो

काठमाडौं, भदौ २१ । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २८९ पुगेको छ ।मन्त्रालयका अनुसार मोरङकी ६४ वर्षीय महिला र झापाकी ४५ वर्षीय महिलाको कोरोनाले मृत्यु भएको छ ।

यसैगरी मोरङका ४५ वर्षीय पुरुष, पर्साका ७७ वर्षीय पुरुष, धनुषाका ३५ वर्षीय पुरुष, चितवनका ७० वर्षीय पुरुष र काठमाडौंका ३ जना ७४, ६८ र ८५ वर्षीय पुरुषको मृत्यु भएको छ ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

मन्त्रालयको तथ्यांक अनुसार एक सातामा ७३ जनाले ज्यान गुमाएका छन् । गत आइतबारयता शनिबारसम्मको तथ्यांक अनुसार ७३ जनाले ज्यान गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्