दरबारमार्गमा भएको बलात्कार काण्डको विषयमा आइजिपी अर्यालले मुख खोले ,कारण यस्तो छ

काठमाडौं– दरबारमार्गमा केही दिनअघि भएको बलात्कार काण्डलाई लिएर प्रहरी महानिरीक्षक प्रकाश अर्यालले ‘सुन्दर भवनमा असुन्दर काम भएको’ बताएका छन्।

दरबारमार्गमा निर्माण भएको नेपाल प्रहरीको नयाँ वृत्त भवनको आज उद्घाटन गर्दै आइजिपी अर्यालले घटनामा जोडिएका कोही पनि उम्कन नपाउने बताए।

गत बिहीबार दरबारमार्गस्थित ल्यान्डमार्क होटलमा एक किशोरीमाथि सामूहिक बलात्कार भएको थियो। घटना लुकाएर मिल्न दबाब दिएपछि त्यहाँका डिएसपी र इन्सपेक्टर अनुसन्धानमा तानिएका थिए।

अनुसन्धानमा चलखेल गरेको आरोप लागेका महानगरीय प्रहरी वृत्त दरबारमार्गका डिएसपी तिलक भारती महानगरीय परिसर टेकुमा तानिएका छन्। इन्सपेक्टर लक्ष्मणसिंह ठकुरीमाथि पनि छानबिन भइरहेको छ।

‘दरबारमार्ग जस्तो सुन्दर ठाउँमा नसोचेको घटना भएको छ,’ भवन उद्घाटन कार्यक्रममा अर्यालले भने, ‘घटनाको सुपरीवेक्षण गर्नेहरुबाट पनि कमजोरी भएका छन्। उनीहरु कानुनी कारबाहीको भागीदार हुनेछन्।’

वृत्तको भवन प्रहरीले आफ्नै बजेटमा निर्माण गरेको हो।

प्रतिक्रिया दिनुहोस्