अर्थ मन्त्रालयले सातै प्रदेशमा ५० करोड रुपैयाँ पठाउँदै

काठमाडौं । अर्थ मन्त्रालयले चालु खर्चका लागि सातै प्रदेशमा आज करिब ५० करोड रुपैयाँ पठाउने भएको छ । प्रदेश सभाको पहिलो बैठक बोलाउने तयारी भइरहदा अर्थ मन्त्रालयले सबै प्रदेशमा गरी आज सो रकम पठाउन लागेको हो ।

सो रकम प्रदेशका मुख्य सचिव, प्रदेश सभा सचिव, लगायतलाई खर्च गर्ने अख्तियारी दिइएको अर्थसचिव शंकरप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

यसअघि अर्थ मन्त्रालयले प्रदेशमा तत्काल पूर्वाधार निर्माण, भौतिक संरचना मर्मत लगायतका लागि १५ करोड रुपैयाँ सहरी विकास मन्त्रालयमार्फत दिइसकेको छ । प्रदेशका आवश्यकता अनुसार क्रमैसँग बजेट निकासा भइरहेको मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्