यी हुन् कोरोना संक्रमणमुक्त बनेका नेपालका ७ जिल्ला, आज कहाँ कति थपिए ? (विवरणसहित)
काठमाडौं, भदौ १७ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालका ७७ जिल्ला मध्ये ७ जिल्ला कोरोना संक्रमणमुक्त बनेको जानकारी दिएको छ ।
मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा।डा।जागेश्वर गौतमले नेपालका ७ जिल्लामा सबै कोरोना संक्रमितहरु निको भएको जानकारी दिएका हुन् ।हालसम्म कोरोना संक्रमित शून्य हुने जिल्लाहरुमा मुस्ताङ, हुम्ला, मुगु, डोल्पा, सोलुखुम्बु, भोजपुर र ताप्लेजुङ रहेका छन् ।
नेपालमा बुधबार थप १ हजार १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४१ हजार ६४९ पुगेको छ ।त्यस्तै नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण २५१ जनाको मृत्यु भएको छ ।
कहाँ कति थपिए ?
डा गौतमका अनुसार प्रदेश १ का जिल्लाहरुमा उदयपुरका एकजना, ओखलढुंगाका २ जना, खोटाङका एकजना, झापाका ११ जना, धनकुटाका २ जना पाँचथरका एकजना,भोजपुरका ३ जना, मोरङका ५३ जना, सुनसरीका ७२ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै प्रदेश २ का जिल्लाहरुमा धनुषाका ६३ जना, पर्साका ४९ जना, बाराका २३ जना, महोत्तरीका ३१ जना, रौतहटका १८ जना, सप्तरीका १२ जना, सर्लाहीका ५० जना, सिरहाका १५ जनामा कोरोना पुष्टि भएको छ ।
डा गौतमका अनुसार बागमती प्रदेशका जिल्लाहरुमा काठमाडौंका ३५० जना, काभ्रेका एकजना, चितवनका ४३ जना, धादिङका २ जना, नुवाकोटका एकजना, भक्तपुरका ९ जना, मकवानपुरका ३३जना, रामेछापका २ जना, ललितपुरका २९जना, सिन्धुपाल्चोकका २ जना र सिन्धुलीका एकजनामा कोरोना पुष्टि भएको छ ।
यस्तै गण्डकी प्रदेशका जिल्लाहरुमा कास्कीका २४ जना, गोरखाका एकजना, तनहुँका ४ जना, नवलपरासी पूर्वका १६ जना,पर्वतका एकजना, लमजुङका १९ र स्याङ्जाका एकजनामा कोरोना पुष्टि भएको छ ।
यस्तै प्रदेश ५ का जिल्लाहरुमा अर्घाखाँचीका एकजना, दाङका ६ जना, नवलपरासीका ३ जना, पाल्पाका एकजना, प्युठानका २ जना,बर्दियाका ५ जना, बाँकेका ४१ जना, रुपन्देहीका २७ जना र रोल्पाका एकजनामा कोरोना पुष्टि भएको छ ।
यस्तै कर्णाली प्रदेशका जिल्लाहरुमाम कालिकोटका २१ जना, जुम्लाका ३७ जना, दैलेखका एक जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा अछामका एकजना, कंचनपुरका ३ जना, कैलालीका १३ जना, डडेल्धुरका एकजना, बझाङका ९ जना र बैतडीका एक जनामा कोरोना पुष्टि भएको छ ।
प्रतिक्रिया दिनुहोस्