कोरोनाबाट आज थप १२ जनाको मृत्यु, मृत्यु हुनेको संख्या २५१ पुग्यो

काठमाडौं , भदौ १७ । देशभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २५१ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएसँगै मृतकको संख्या २५१ पुगेको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । मन्त्रालयका अनुसार ६ जना महिला र ६ जना पुरुषको कोरोनाले मृत्यु भएको छ ।यसअघि मंगलबार थप ११ जनाको कोरोनाले मृत्यु भएको मन्त्रालयले जानकारी दिएको थियो ।

यसैगरी बितेको २४ घण्टामा देशभर ३२० महिला र ८०० पुरुष गरी ११२० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यस्तै हालसम्म देशभर कुल संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको छ ।

यसैगरी आज काठमाडौं उपत्यकामा थप ३८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै लसम्म देशभर कोरोना निको हुनेको कुल संख्या २३ हजार २९० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्