भारतमा कोरोनाः मृत्यु हुनेको संख्या ६६ हजार नाघ्यो

काठमाडौं , भदौ १७ । भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ६६ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा १०२५ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ६६ हजार ४९१ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ७८ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार यो समाचार तयार पार्दासम्म ७८ हजार १६९ जना संक्रमित भएका छन् । योसँगै भारतमा कोरोना संक्रमितको संख्या ३७ लाख ७३ हजार ४८३ पुगेको छ ।

संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो ।संक्रमितमध्ये अहिलेसम्म २९ लाख २ हजार ९६ जना संक्रमणमुक्त भएका छन् भने ८ लाख ४ हजार ८९६ जनाको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्