निरन्तर उकालो लागेको सुनको मूल्य घट्यो
काठमाडौं, भदौ १७ । निरन्तर उकालो लागेको सुनको मूल्य आज घटेको छ ।अघिल्लो दिनको भन्दा तोलामा १२ सय रुपैयाँले घटेर कारोबार मूल्य प्रतितोला ९७ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो तोलामा ९ सय रुपैयाँले बढेर तोलाको ९८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।चाँदी अघिल्लो दिनको भन्दा तोलामा ३० रुपैयाँले घटेर तोलाको १ हजार ३ सय ६५ रुपैयाँ कायम भएको छ ।
हिजो तोलामा ३० रुपैयाँले बढेर १ हजार ३ सय ९५ रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य लगातार उतारचढाव भइरहेको छ ।
आज सुन प्रतिऔंस १९६४ दशमलव ०९ डलरमा कारोबार भएको छ । चाँदी प्रतिऔंस २८ दशमलव ०६ डलर भएको छ ।हिजो सुन प्रतिऔंस १९८९ दशमलव ८८ डलर र चाँदी २८ दशमलव ७३ डलरमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्