वीर अस्पतालका डाक्टर, नर्ससहित ७१ कर्मचारीमा कोरोना , ओपीडी सेवा बन्द

काठमाडौं, भदौ १७ । डाक्टर, नर्ससहित ७१ कर्मचारीमा कोरोना संक्रमण देखिएपछि वीर अस्पतालको ओपीडी सेवा आजदेखि दुई दिनसम्मका लागि बन्द गरिएको छ।

अस्पतालले सूचना जारी गरेर आज (बुधबार) र भोलि (बिहीबार) ओपीडी सेवा बन्द गरिएको जानकारी दिएको हो।अस्तपालका निर्देशक डा। केदारप्रसाद सेन्चुरीका अनुसार मंगलबारसम्म डाक्टर, नर्स, फार्मेसीमा कार्यरत र सफाइकर्मी गरी ७१ कर्मचारीमा संक्रमण पुष्टि भएको हो।अस्पतालका अन्य कर्मचारीलाई आइसोलेसनमा राखिएको वीर अस्पतालले जनाएको छ।

सुरक्षाका लागि आवश्यक स्रोतरसाधन नै तयार नपारी धमाधम कोरोनाका बिरामी भर्ना गरिएकाले वीर अस्पतालका डाक्टर, नर्स तथा स्वास्थ्यकर्मी भटाभट संक्रमित हुन थालेको बताइएको छ।अस्पतालले एक सूचना जारी गर्दै अस्पताल पूर्णरुपमा बन्द गरेर सरसफाई तथा निर्मलीकरण गर्ने बताएको छ ।

विशेषज्ञ सेवासहितको अस्पतालका रुपमा परिचित वीर अस्पतालमा कोरोना संक्रमण बढेपछि सर्वसाधारणले सेवा पाउनबाट प्रभावित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्