यी पाँच जिल्लामा छैनन् संक्रमित, कोरोनाको उपचारमा प्रभावकारी रेम्डेसिभिर अब नेपालमै पाइने

काठमाडौं, भदौ १६ । संक्रमितमध्ये संस्थागत आइसोलेसनमा १० हजार ८३२ जना र होम आइसोलेसनमा ७ हजार २८० जना रहेको प्रवक्ता गौतमले बताए ।

देशभर क्वारेन्टाइनमा रहनेको संख्या ७ हजार ३९० जना रहेको उनले जानकारी दिए ।प्रवक्ता गौतममा अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ८८ पीसीआर परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा ७६८ जना डिस्चार्ज भएका छन् । योसँगै जम्मा डिस्चार्ज हुनेको संख्या २२ हजार १७८ पुगेको छ ।

हाल १२७ जना आइसियुमा तथा १७ जना संक्रमित भेन्टिलेटरमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।पछिल्लो तथ्यांक अनुसार ५ जिल्लामा संक्रमितको संख्या शून्य रहेको प्रवक्ता गौतमले जानकारी दिए । संक्रमितको संख्या शून्य हुने जिल्ला सोलुखुम्बु, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला रहेका छन् ।

यता कोरोनाको उपचारमा प्रभावकारी देखिएको भन्दै विश्वका विभिन्न देशहरुमा परीक्षणकै हिसाबले प्रयोगात्मक रुपमा उपचारमा प्रयोग हुँदै आएको रेम्डेसिभिरको इन्जेक्सन अब नेपालमा आधिकारिक रुपमा उपलब्ध हुने भएको छ ।

विश्वप्रख्यात औषधि उत्पादक संस्था सिप्ला लिमिटेडको उत्पादन रेम्डेसिभिर लाइफोलाइज्ड पाउडर इंजेक्सन९सिप्रिमी० नेपाली बजारमा आएको हो । नेपालका लागि सिप्रिमीको आधिकारिक वितरक येटिचेम वितरक प्रा। लिमिटेडले रेम्डेसिभिरको पहिलो ब्याच सिप्रिमी १०० मिग्रा नेपाली बजारमा ल्याएको हो ।

सोमबार राजधानीमा ‘भर्चुअल प्रेस मिट’को आयोजना गर्दै कम्पनीले सिप्रिमी ल्याइएको घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्