कोरोनाबाट थप ११ जनाको मृत्यु, मृतकको संख्या २३९ पुग्यो

काठमाडौं , भदौ १६ । कोरोनाभाइरसबाट आज थप ११ जनाको मृत्यु भएको छ। नेपालमा मंगलबार थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २३९ पुगेको छ। यसअघि सोमबार (हिजो) ४ वर्षीया बालिकासहित ७ जनाको मृत्यु भएको थियो ।

यसैगरी पछिल्लो २४ घण्टामा देशभर थप १०६९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता गौतमले महिला ३४४ र पुरुष ७२५ गरी १०६९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

यस्तै बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४८१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा काठमाडौंमा ३९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जना रहेको गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्