कोरोना संक्रमणबाट पूर्वन्यायाधीश चालिसेको मृत्यु

काठमाडौं , भदौ १६ । पूर्वन्यायाधीश माधवप्रसाद चालिसेको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।उनमा लामो समयदेखि मुटुको समस्या थियो। पछिल्लो समय मुटुकै उपचारका लागि गंगालाल अस्पतालमा भर्ना गरिएका माधवप्रसाद चालिसेको मृत्यु भएको हो।

लामो समयदेखि मुटु सम्बन्धी समस्याबाट पीडित चालिसेको काठमाडौंको बाँसबारीस्थित गंगालाल हृदयरोग केन्द्रमा मृत्यु भएको हो ।

७० वर्षीय चालिसे पाँच दिनअघि अस्पताल भर्ना भएका थिए । उपचारकै क्रममा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।केसीका अनुसार चालिसेको उपचारकै क्रममा कोरोना भाइरस देखिएको थियो ।

उनको शवलाई नेपाली सेनाको टोलीले अन्त्येष्टि गर्ने छ।

काठमाडौँ महानगरपालिका वडा नम्बर ३ निवासी चालिसे २०७० साल असार २५ गते तत्कालीन पुनरावेदन अदालत पोखराको मुख्य न्यायाधीशबाट सेवा निवृत्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्