काठमाडौंको बौद्धबाट १२ जुवाडे पक्राउ

काठमाडौं , भदौ १४ । काठमाडौंको बौद्धबाट १२ जुवाडे पक्राउ परेका छन् ।प्रहरीले काठमाडौं महानगरपालिका ६, बौद्ध सिमलटारबाट १२ जना जुवाडेलाई पक्राउ गरेको हो ।

स्थानिय दावा शेर्पाको घरमा जुवा खेलिरहेको अवस्थामा उनीलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।प्रहरीका अनुसार, उनीहरुका साथबाट २ लाख ९० हजार २ सय २० रुपैयाँ तथा भारतीय रुपैयाँ १ हजार, २१ बुक तास र ८ सेट क्‍वाइन गोटीसमेत बरामद भएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीका अनुसार सूचनाको आधारमा शेर्पाको घरमा छापा मार्दा उनीहरु पक्राउ परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्