आज थप ८८४ जनामा कोरोना पुष्टि, उपत्यकामा मात्रै १८६ जना, ३१३ निको भए

काठमाडौं , भदौ १३ । पछिल्लो २४ घण्टामा देशभर थप ८८४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले २४२ महिला र ६४२ पुरुष गरी जम्मा ८८४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

यसैबीच आज उपत्यकामा कोरोना संक्रमित ह्वात्तै घटेका छन् । शुक्रबार उपत्यकामा ४१५ जना संक्रमित भेटिएकोमा शनिबार सो संख्या घटेर १८६ जनामा सीमित भएको हो ।

शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा १५५, ललितपुरमा १९ र भक्तपुरमा १२ जनामा गरी जम्मा १८६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

हालसम्म कोरोना निको हुनेको कुल संख्या २० हजार ५५५ रहेको छ भने पछिल्लो २४ घण्टामा ३१३ जना निको भएका छन् ।यस्तै देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ५७८ रहेका छ । जसमा होम आइसोलेसनमा ६ हजार ४४५ जना र संस्थागत आइसोलेसनमा १० हजार १४५ जना रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा पीसीआर १० हजार ९७१ जनाको भएको छ भने क्वारेन्टिनमा हाल देशभर ८ हजार ३५ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्