भारतले धोका दिएपछि अब नेपाली अदुवा बंगलादेशतिर

काठमाडौं । निरन्तरको भारतीय अवरोधले कारोबार नै चौपट बन्न थालेपछि व्यवसायीले नेपालको अदुवा बंगलादेश पठाउन थालेका छन् ।

निर्यातकर्ता नेपाली व्यवसायीको पहलमा झण्डै एक दशकपछि पहिलोपटक नेपालको अदुवा तेस्रो मुलुक पुगेको हो ।

भारतीय अवरोध छल्न बंगलादेश पठाउन लागेको अदुवाले भारतीय बजारमाभन्दा राम्रो मूल्यसमेत पाएको छ ।

व्यवसायीका अनुसार फुलबारी बंगलाबन्द मार्ग हुँदै जान थालेको अदुवाले भारतमा भन्दा प्रतिकेजी दुई रुपैयाँ बढी मूल्य पाएको हो ।

यो मार्ग भारतले नेपाललाई तेस्रो देशसँग पारवहन सुविधा निश्चित गर्न उपलब्ध गराएको मार्ग हो ।

प्रतिक्रिया दिनुहोस्