थप ४ जना संक्रमितको मृत्यु, आज मात्रै ९ जनाले गुमाए ज्यान

काठमाडौं, भदौ १३ । कोरोनाबाट थप ४ संक्रमितको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म नेपालमा शनिबार मात्रै ९ जनाको मृत्यु भइसकेको छ । पाटन अस्पतालमा दुई जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौंकी ५१ र भक्तपुरकी ६२ वर्षीया दुई महिला रहेको अस्पतालका निर्देशक डा। रवि शाक्यले बताए ।

गत साउन ३० गते अस्पताल भर्ना भएकी काठमाडौंकी महिलाको शुक्रबार राति साढे ९ बजे आइसियूमा उपचारको क्रममा मृत्यु भएको हो । उनमा उच्च रक्तचापको समस्या थियो ।भदौं ८ गते भर्ना भएकी भक्तपुरकी महिलाको शनिबार बिहान ६ बजे मृत्यु भएको हो । अस्पतालका अनुसार उनमा कुनै समस्या थिएन ।

भरतपुर अस्पतालमा एकजना संक्रमितको मृत्यु भएको छ । मृतक गोरखाको गोरखा नगरपालिका–१३ मजुवाका ३८ वर्षीय पुरुष हुन् ।उनको शुक्रबार उपचारको क्रममा आईसीयुमा मृत्यु भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ । संक्रमित संख्या छ ।

त्यस्तै, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सिरहाको भदैया–६ घर भएका ८४ वर्षीय पुरुषको मृत्यु भएको छ । मिर्गौला, खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएका उनको शुक्रबार राति मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा। निदेश सापकोटाले बताए ।

आजै वीरगञ्जमा कोरोनाबाट थप ३ जना, कास्की र पाल्पामा एकरएक जनाको संक्रमितको मृत्यु भएको थियो । पछिल्लो समय कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दो क्रममा देखिएको छ । केही दिनयता काठमाण्डौ उपत्यकासहित देशैभर कोरोनाको जोखिम बढिरहेको छ । यही अवस्थालाई ध्यानमा राखी विभिन्न जिल्लामा निषेधाज्ञा र लकडाउन घोषणा गरिएको छ ।

कोरोनाको जोखिम बढ्दै गएपछि काठमाण्डौ उपत्यकामा निषेधाज्ञाको अवधि थप गरिएको छ । गएको बुधबार रातिसम्म लागू गरिएको निषेधाज्ञाको अवधि एक हप्ताले बढाइएको हो ।

प्रतिक्रिया दिनुहोस्