समयमै उपचार नपाउँदा अत्यधिक रक्तश्रावले दैलेखमा सुत्केरीको मृत्यु

काठमाडौं, भदौ १३ । दैलेखको पश्चिम ठाटीकाँधमा अत्याधिक रक्तश्रावले सुत्केरीको मृत्यु भएको छ । मृत्यु हुनेमा ठाटीकाँध गाउँपालिका १ की २३ बर्षिय पार्वती शाही हुन् ।

शुक्रवार सुरक्षित सुत्केरी हुन ठाटीकाँध प्राथमिक स्वास्थ्य केन्द्रमा पुगेकी शाही ३ बजे नवजात शिशु जन्माइएकी थिइन् ।

पहिलो सन्तान छोरी जन्माएकी शाही अत्याधिक रक्तश्राव हुँदा थप उपचारको लागि प्रदेश अस्पताल सुर्खेत लैजाँदै गर्दा बिच बाटोमा मृत्यु भएको प्रहरी चौकी ठाटीकाँधले जनाएको छ । नवजात शिशु अवस्था सामान्य रहेको प्राथमिक स्वास्थ्य केन्द्र ठाटीकाँधले जनाएको छ ।

यसैबीचसुत्केरीको मृत्यु भएपछि ठाटीकाँध गाउँपालिका र वडानं १ को वडा कार्यालयमा मृतकका आफन्तले तालावन्दी गरेका छन् । ठाटीकाँध गाउँपालिका र स्वास्थ्यकर्मीको लापरवाहीले मृत्यु भएको भन्दै मृतकका आफन्तले वडाकार्यालय र गाउँपालिकामा तालावन्दी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्