भारतमा एकै दिन ७६ हजार जनामा कोरोना संक्रमण, ६२ हजार बढी मृतक

काठमाडौं , भदौ १३ । भारतमा कोरोना संक्रमितको संख्या साढे ३४ लाख नाघेको छ ।पछिल्लो २४ घण्टामा ७६ हजार ६६५ जना संक्रमित भएसँगै शनिबार यो समाचार तयार पार्दासम्म भारतमा कोरोना संक्रमितको संख्या ३४ लाख ६१ हजार २४० पुगेको हो ।

संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो ।संक्रमितमध्ये अहिलेसम्म २६ लाख ४७ हजार ५३८ जना संक्रमणमुक्त भएका छन् भने ७ लाख ५० हजार ९८९ जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले ६२ हजारभन्दा बढीको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा १०१९ जनाको मृत्यु भएपछि भारतमा यो समाचार तयार पार्दासम्म मृत्यु हुनेको संख्या ६२ हजार ७१३ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्