आज कुन जिल्लामा कति थपि ? (सुचिसहित)

काठमाडौं, भदौ ११ ।कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार देशभर १ सय ६४ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्।मन्त्रालयको तथ्यांक अनुसार १७ जना भेन्टिलेटरमा र १४७ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन्।

आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा ७१ जना र १५ जना भेन्टिलेटरमा रहेका छन्। प्रदेश १ मा ११ जना आइसियु र २ जना भेन्टिलेटरमा रहेका छन्।
त्यस्तै प्रदेश २ मा ४४, प्रदेश ५ मा १८ र गण्डकी प्रदेशमा ३ संक्रमित आइसियुमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

नेपालमा विहीबार थप १ हजार १११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले विहीबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या १५ हजार २७३ रहेको छ ।

कहाँ कति थपिए ?

डा गौतमका अनुसार प्रदेश १ का जिल्लाहरुमा खोटाङका एकजना, मोरङका २० जना, संखुवासभाका ४ जना र सुनसरीका ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रदेश २ का जिल्लाहरुमा धनुषाका ४९ जना, पर्साका ८५ जना, बाराका ३० जना, महोत्तरीका ७ जना, रौतहटका १५ जना, सप्तरीका २२ जना, सर्लाहीका ६ जना र सिरहाका ७ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै बागमती प्रदेशका जिल्लाहरुमा काठमाडौंका २७०, काभ्रेका १३ जना, चितवनका ४५ जना, दोलखाका २ जना, धादिङका एकजना, नुवाकोटका ७ जना, भक्तपुरका ४१ जना, मकवानपुरका ६३ जना, रामेछापका ६ जना र ललितपुरका ६६ जना, सिन्धुपाल्चोकका ३ जना र सिन्धुलीका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै गण्डकी प्रदेशका जिल्लाहरुमा कास्कीका २ जना, गोरखाका एकजना, तनहुँका ११ जना, नवलपरासी पूर्वका १७ जना, पर्वतका एकजना, लमजुङका ३ र बाग्लुङका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रदेश ५ का जिल्लाहरुमा कपिलवस्तुका २१ जना, गुल्मीका ३ जना, दाङका २ जना, नवलपरासीका १८ जना, प्युठानका ४ जना, बर्दियाका एकजना, बाँकेका ७५ जना र रुपन्देहीका ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै कर्णाली प्रदेशका जिल्लाहरुमा जाजरकोटका ५ जना, दैलेखका १२ जना, सुर्खेतका ९ जनामा कोरोना पुष्टि भएको छ ।यस्तै सुदूरपश्तिम प्रदेशमा कंचनपुरका ६ जना, कैलालीका २० डोटीका ६ जना, बझाङका एकजना र बैतडीका १७ जनामा कोरोना पुष्टि भएको छ ।

प्रकोप केही दिन बढ्छ, सचेत रहनु : स्वास्थ्य मन्त्रालय

सरकारले कोभिड १९ संक्रमण केही दिन थप बृद्धि हुने भएकाले चुनौति सामान गर्न तयार रहन आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले घना बस्तीमा संक्रमण बढिरहेको बताए।

‘सामाजिक विभेदका सोच एवं ब्यवहार देखा परेको घटना बढेका छन्। केही दिन प्रकोप थप बृद्धि हुने आँकलन गरिएको छ। हामीले थप चुनौतिका बेहोर्नु पर्ने छ,’ उनले भने।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा उनले परीक्षणको दायरा फराकिलो बनाएको बताए।घरमै आइसोलेसनमा बस्न पनि सरकारले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्