राष्ट्रियसभा निर्वाचन तयारी: एक मतदान केन्द्रमा ८ वटा मतपेटिका राखिने
काठमाडौं। निर्वाचन आयोगले माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि मतदान केन्द्र केन्द्रीत तयारी सुरु गरेको छ ।
माघ १५ गते उम्मेद्वारहरुको अन्तिम नामावली सार्वजनिक गर्नुका साथै उम्मेद्वारहरुलाई चुनाव चिन्ह वितरण गरिसकेको आयोगले मतदान केन्द्र केन्द्रीत तयारी थालेको निर्वाचन आयोगका उपसचिव एंव सूचना अधिकारी सूर्यप्रसाद अर्यालले जानकारी दिए ।
आयोगले यसअघि राष्ट्रियसभा निर्वाचनका लागि २ प्रकारका मतपत्र बनाउने निर्णय गरिसकेको छ । यस्तै, राष्ट्रियसभा निर्वाचनका २ हजार ५६ निर्वाचकलाई मतदान प्रक्रिया बारे तालिम दिइरहेको छ ।
आयोगले एक मतदान केन्द्रमा ८ वटा मतपेटीका राख्ने भएको छ । निर्वाचनको लागि आवश्यक अन्य सामाग्री पनि मतदान केन्द्रमा लिने तयारी भईरहेको छ ।
यस्तै, आयोगले राष्ट्रियसभा निर्वाचन केन्द्रित गरेर माघ १२ गतेदेखि लागु गरेको निर्वाचन आचारसंहिताको पनि अनुगमन गरिरहेको सुचना अधिकारी अर्यालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्