कोरोनाबाट आज एकै दिन ११ जनाको मृत्यु, नेपालमा ज्यान गुमाउनेको संख्या १७५ पुग्यो

काठमाडौं, भदौ १० । पछिल्लो २४ घण्टामा ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। नेपालमा बुधबार थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १७५ पुगेको छ ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा सो जानकारी दिएका हुन् ।

यसअघि हिजो मंगलबार नेपालमा ७ जनाको कोरोनाले मृत्यु भएको थियो ।केही दिनयता दैनिक रुपमा कोरोना संक्रमितको मृत्यु भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्