आज थप ८५५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३३ हजार ५३३ पुग्यो

काठमाडौं, भदौ ९ । नेपालमा मंगलबार थप ८५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले मंगलबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

उनका अनुसार बितेको २४ घण्टामा ३१३ जना डिस्चार्ज भएका छन् भने हालसम्म निको हुनेको कुल संख्या १९ हजार ११९ पुगेको छ ।
यसैगरी आइसोलेशनमा १४ हजार २५० जना रहेका छन् । जसमा होमआइसोलेशनमा ५५७९ र संस्थागत आइसोलेशनमा ८ हजार ५८१ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्