प्रधानन्यायाधीशको नागरिकताको प्रतिलिपी माग गर्दै डा. केसीले दिए निवेदन

काठमाडौं । डा. गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकताको प्रतिलिपी माग गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएका छन् ।

डा केसीसँगै अधिवक्ता ओमप्रकाश अर्याल, डा.सुरेन्द्र भण्डारी लगायतले बुधबार निवेदन दिएका हुन् । उनीहरुले पराजुलीको नाममा फरक फरक समयमा जारी भएको नागरिकताको प्रतिलिपी, उमेर फरक हुनुको कारण र त्यसबेलाको मिसिल फाइल सिफारिस र शैक्षिक प्रमाणपत्र उपलब्ध गराउन माग गरेका छन् ।

डा.केसीविरुद्ध परेको अदालतको मानहानी मुद्दामा सर्वोच्चले पराजुलीको नागरिकताको प्रतिलिपीका साथै शैक्षिक प्रमाणपत्र झिकाउन आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्