सोमबार ७ सय ४३ कोराना संक्रमित थपिए, ८ जनाको मुत्यु

काठमाडौं , ८ भदौ । देशभर कोराना संक्रमितको संख्या ह्वात्तै बढेको छ । सोमबार कोरोना संक्रमित ७ सय ४३ संक्रमित थपिएका छन् ।
त्यस्तै कोरोनाको संक्रमणबाट विगत २४ घण्टामा ८ जनाको मुत्यु भएको छ । यो सहित हालसम्म कोरोनाका कारण ज्यान गुमाउने संख्या १ सय ५७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ७ सय ४३ संक्रमित थपिएका हुन् । यो थपिएको संख्या सहित हालसम्म संक्रमित हुनेको संख्या ३२ हजार ६ सय ७८ पुगेको छ ।

विगत २४ घण्टामा १ सय ७५ जना कोरोनाबाट निको भइ घर फर्किएको प्रबक्ता गौतमले जानरकार िदिए । यो सहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या १८ हजार ८ सय ६ जना पुगेको छ भने हाल देशभर सक्रिय संक्रमितको संख्या १३ हजार ७ सय १५ रहेका छन् ।

विगत २४ घण्टामा १० हजार २ सय ३४ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्