कोरोनाबाट आज थप ३ जनाको मृत्यु, नेपालमा ज्यान गुमाउनेको संख्या १४९ पुग्यो

काठमाडौं, भदौ ७ । नेपालमा आइतबार थप ३ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १४९ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा सो जानकारी दिएका हुन् ।यसअघि शनिबार सुनसरीकी ६ वर्षीया बालिकासहित ९ जनाको कोरोनाका कारण मृत्यु भएको मन्त्रालयले जानकारी दिएको थियो ।

जसमध्ये सुनसरीमा दुईजना, पर्सामा तीनजना, बारामा एक, सिरहामा एक, मकवानपुरमा एक र भक्तपुरमा एक गरी ९ जना थिए ।यसअघि शुक्रबार एकैदिन ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको थियो ।

नेपालमा आइतबार थप ८१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ३१ हजार९३५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्