काठमाडौं सहित देशभर फेरी चिसो बढ्यो

काठमाडौं । काठमाडौं सहित देशभर फेरी चिसो बढेको छ । एक साताअघि पानी परेपछि चिसो कम हुने अनुमान भए पनि अहिले फेरी चिसो बढेको हो । काठमाडौंमा दिउँसो घाम लागे पनि विहान बेलुका चिसो बढेको छ । मौसमविदहरुले भने अब बिस्तारै चिसो कम हुँदै जाने बताएका छन् ।

मौसमविद बरुण पौडेलले यसअघिको प्रभावले चिसो कायम रहेको र अब विस्तारै घट्ने बताउनुभयो । मौसम खराब भएका कारण आज बिहानका आन्तरिक उडानहरु प्रभावित भएका छन् । बिहान साढे ८ बजेसम्म हुने ५० भन्दा बढी उडान रद्द भएको विमानस्थल कार्यालयले जनाएको छ । तराईका विमानस्थलमा बाक्लो हुस्सु लागेको छ भने आज काठमाडौंको अन्तर्राष्ट्रिय विमानस्थल पनि खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्