सिजन छ नासपातिको : खानुस् यस्ता छन् ९ आश्चर्यजनक फाइदा !

काठमाडौं, भदौ ७ । आयुर्वेद र स्वास्थ्य सल्लाहकारकाअनुसार सबैले दैनिक एक फलको सेवन गर्नुपर्दछ। फलमा हुने धेरै किसिममा पोषण तत्वले स्वास्थ्यमा फाइदा पु¥याउँछ। फलफूलले पाचन प्रणालीलाई सामान्य राख्नेदेखि लिएर थुप्रै किसिमका रोगहरुको जोखिम कम गर्ने गर्दछ। यस्तै फलमध्ये एक हो नासपाति । भिटामिन, खनिज र एन्टि–अक्सिडेन्टहरू उत्कृष्ट श्रोतका कारण नासपातिले शरीर र छाला दुवैलाई फाइदा पु¥याउँछ।

नासपाति खानमा रसिलो र स्वादिलो हुनुको साथै यसमा भिटामिन सी, फ्लाभोनोइड्स, प्रोटिन, क्याल्सियम, आइरन, फाइबर, एन्टिअक्सिडेन्ट, एन्टिब्याक्टेरियल गुणहरू पनि पाइन्छ। खानामा स्वादिलो हुनुको साथै यसले रोगहरूदेखि जोगाउन मद्दत गर्दछ।

यस्ता छन् ९ आश्चर्यजनक फाइदा

तौल घटाउन मद्दत : मोटोपनाबाट पीडित व्यक्तिहरूका लागि नासपाति सेवन गर्न धेरै फाइदा हुन्छ। एक अनुसन्धानकाअनुसार, लगातार ३ महिनाको लागि दिनमा ३ पटक नासपातिको सेवनले तौल घटाउन मद्दत गर्दछ।

रगतको मात्रालाई बढाउने : एनिमियाका अर्थात् शरीरमा रगतमा को मात्रा कम हुने व्यक्तिहरुले नासपाति नियमित रूपमा खानुपर्दछ। भिटामिन, फाइबर, आइरन, इत्यादि को प्रशस्त भएका कारणले, यसले शरीरमा रगतको अभाव पूरा गर्न मद्दत गर्दछ।

हड्डीलाई बलियो बनाउने :  यस फलको नियमित सेवनले हड्डीहरु बलियो हुनेगर्दछ। नासपातिमा प्रशस्तरुपमा क्याल्सियम पाइनुका कारण यसले हड्डी र मांसपेशीहरूलाई स्वास्थ्य राख्दछ।

गर्भावस्थामा लाभदायक : एउटा अध्ययनका अनुसार गर्भावस्थामा नासपातिको सेवनले गर्भमा रहेको बच्चालाई राम्रोसँग विकास गर्न मद्दत गर्दछ। साथै यसमा फोलिक एसिडको उच्च मात्रा भएका कारण गर्भपात हुने जोखिम हुन्छ जसकारण यसलाई उचित मात्रा र चिकित्सकहरुको परामर्श अनुसार सेवन गर्नुपर्दछ।

मधुमेहलाई नियन्त्रण: नासपातिमा पाइने पोषण तत्व जस्तै क्याल्सियम, आइरन, फाइबरले शरीरमा सुगरको स्तरलाई नियन्त्रणमा राख्दछ।

मुटु स्वस्थ राख्न :यसमा पाइने पौष्टिक तत्त्वहरूले शरीरमा कोलेस्ट्रोलको स्तर बढ्नबाट रोक्ने गर्दछ । यस अवस्थामा, मुटु स्वस्थ रहन्छ। साथै, यसको सेवनले हर्ट अट्याक र मुटुसँग सम्बन्धित धेरै रोगहरूको जोखिम कम गर्दछ।

छाला सुक्खा हुने समस्या : नासपातिको जुस नियमित रूपमा पिउँदा छाला सुख्खा वा ड्राइ हुने समस्या हटेर जाने गर्दछ। साथै, यसको सेवनले अनुहारमा प्राकृतिक चमक आउने गर्दछ ।

अनुहारलाई प्राकृतिक चमन दिने: नासपाति खानुको साथ साथै यसबाट फेसप्याक पनि तयार गर्न सकिन्छ। यसको लागि नासपातिलाई मसिनो परेर काटेर यसमा पानी वा गुलाव जललाई मिसाएर तयार पारिन्छ।

फेसप्याक तयार भएपछि, अनुहारलाई हल्का मन तातोपानीले धुनुहोस्, अनुहारलाई सुख्खा बनाएर अब यस फेसप्याकलाई नरम हातले अनुहारमा लगाउनुहोस्।

२० देखि २५ मिनेट पश्चात यसलाई ताजा पानीले वा नरम टिष्यू पेपर सफा गर्नुहोस्। यसले अनुहारमा प्राकृतिक चमक दिनुका साथै छालालाई मुलायम र डण्डीफोर आउनबाट पनि बचाउँदछ।

प्रतिक्रिया दिनुहोस्